सानै उमेरमा लोकप्रिय बनेकी तेरिया मगरको सौन्दर्यता (तस्वीरहरू सहित)

इटहरी / भारतीय टेलिभिजनबाट प्रसारण भएको “डान्स इन्डिया डान्स” र “झलक दिखला जा-९” की बिजेता बनेर नेपाल र नेपालीहरुको नाम चम्काएकी चर्चित डान्सर तेरिया मगरको लोकप्रियता त सबैमाझ जगजाहिर नै रहेको छ । उनको सौन्दर्यताको कारण पनि उनी सामाजिक संजालमा छाईरहेकि हुन्छिन् । सामाजिक संजालमा उनले सार्बजनिक गरेका प्रायः तस्वीरमा उनको सौन्दर्यता झल्किएको हुन्छ ।

यतिबेला भारतमा बसेर अध्ययन गरिरहेकी उनी अध्ययनसँगै विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् । डान्सबाटै आफनो परिचय बनाएकी तेरियाले आफनो अर्को कला पनि दर्शक तथा श्रोतामाँझ प्रस्तुत गरेकी छिन् । उनको सामाजिक संजाल हेर्ने हो भने उनको रुचि गायनमा पनि देखिन्छ । उनको स्वरको तारिफ गर्नेहरु पनि कम छैनन् । उनले कभर गीत पनि गाएकि छन् । जहाँ उनलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया