साङ्गीतिक कार्यक्रम गरी स्व गुरुङको संझना

DSC_0158 copyइटहरी / संगीत साधना प्रतिष्ठान नेपालले बरिष्ठ सर्जक, संगीतज्ञ अम्बर गुरुङको संझनामा श्रदान्जली कार्यक्रम सम्पन्न गरेको छ । १२ औं दिनको पुण्य तिथीको अवसार पारी उक्त कार्यक्रम आयोजना गरिएकोे हो ।

DSC_0171 copy

इटहरी उप–महानगरपालिकाको सास्कृतिक भवनमा दिउंसो २ बजे देखी शुरु भएको उक्त कार्यक्रममा साहित्यकार तथा रेडियो नेपालका उपनिर्देशक डा.नवराज लम्साल, कवि मनु मंजिल, संगीतकार मणी गुरुङ्ग, प्रजिअ महोन चापागाइ लगायतहरुले स्व. गुरुङ्गले पु¥याउनुभएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

20160618_154420

करिव ३ घण्टा लामो उक्त कार्यक्रममा राम धामी, बलराम समाल, रोशन राना, विदुर कार्की, प्रवेश राई, मोहन तिम्सीना, मणी गुरुङ्ग दुर्गा दाहाल, सुजता बिष्ट, लक्ष्मी दर्नाल, मणी गुरुङ्ग लगायतले स्व. गुरुङ्गका एक दर्जन बढी गित÷संगितहरु प्रस्तुत भएका थिए ।

20160618_154420 copy

 वरिष्ठ संगीतकार मणि कमल क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम संगित साधना प्रतिष्ठन नेपाल र गुरुङ्ग राष्ट्रिय परिषद नेपाल इटहरीले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading…