सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको माझ ’म्यूजिक भिडियो सार्वजानिक ( भिडियाे सहित)

इनरुवा / सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको माझ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । सांगीतिक क्षेत्रमा पहिचान बनाउन संघर्षरत नेपाल आफ्नो पहिलो म्यूजिक भिडियो लिएर दर्शक माझ आएका हुन् ।

हाइलाइट्स नेपालकाे यूट्युव च्यानल मार्फत  सार्वजानिक गरिएकाे म्यूजिक भिडियोमा इनरुवाका सविन नेपाल र दीक्षा सिवाकोटीको अभिनय रहेको छ । सिद्धान्त खड्काको स्वर रहेको म्यूजिक भिडियोलाई कोशी भिजन इटहरीले तयार पारेको छ । अमर श्रेष्ठको शब्द र संगीत रहेको म्यूजिक भिडियोलाई सुजन तामाङले निर्देशन गरेका छन् । श्याम गिरीको छायांकन रहेको उक्त म्यूजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा स्थानीय क्षेत्रका रमणीय दृष्यहरु समावेश गरिएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया