सलमान जेलबाट छुटेपछी किन बैनिले गरिन यस्तो पोस्ट ?

सलमान जेल बाट छुटेता पनि उनको परिवारले राहत महशुस गरेपनी अझै डर रहिरहेको बुझ्न सकिन्छ । सलमानको मुस्किलको घडीमा उनका दुबै बहिनी अर्पिता र अलविरा उनको साथमा थिए। सोमबार कान्छि बहिनी अर्पिताले सलमानका लागि इन्स्टाग्राममा इमोशनल पोस्ट शेयर गरिन्। उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उनले पोस्टमा लेखेकी छिन्, ‘मेरो हिम्मत, मेरो कमजोरी, मेरो गर्व, मेरो खुसी, मेरो जीन्दगी, इश्वरको वरदान। भगवानले ती व्यक्तिमाथि कृपा गरुन, जसले मेरा दाजुको सफलता चाहेका छैनन्। म प्रार्थना गर्छु सारा नकारात्मकताहरु दाजुबाट टाढा रहुन्। मेरो प्रार्थना छ सधै चम्किरहनु लभ यु दाइ।’ सलमान आफ्न बहिनिलाई जती माया गर्छन् त्यती नै उनका बहिनिले पनि उनलाई माया गर्ने प्रष्ट देखिन्छ । दुबै बहिनीले सलमानको हरेक सुख दुखमा साथ दिदै आएका छन्। अाेएस नेपालबाट

तपाईको प्रतिक्रिया

×