सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

काठमान्डाैं / बलिउड अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन । उहाँहरुका साथसाथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख श्री सिमान्त गुरुङ्ग पनि सहभागी हुनुहुन्थ्यो ।

खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन् ।

तपाईको प्रतिक्रिया