सलमान खानको ‘राधे’ को सेटमा दिशा पटानीले सेयर गरिन् यस्तो तस्विर

काठमाडौँ । सलमान खानको अर्को साल इदमा रिलिज हुने फिल्म ‘राधे’को घोषणा गदै शूटिङ सुरु गरिएको छ । फिल्मको शुभ मुहूर्त गदै सलमानले आफ्नो लुक पनि देखाएका छन् ।

यता फिल्मको अभिनेत्री दिशा पटानीले पनि इंन्टाग्रामका राधेको मुहूर्त तस्विर शेयर गरेकी छिन् । तस्विरमा हेर्दा दिशा विहानै पुजा गरिरहेको जस्तो देखिन्छिन् । जहाँ उनी निकै राम्री देखिएकी छिन् । उनको छेउमा फिल्मका अन्य कलाकारहरु पनि देखिएका छन् ।

यसभन्दा पहिले सलमानले राधेको सेटको एक भिडियो सार्वजनिक गरेका थिए । बताए अनुसार प्रभुदेवाको निर्देशनमा बन्न लागेको यो फिल्म ,सलमानको साथमा तेस्रो फिल्म हो । यसअघि सलमान र प्रभुदेवाले वान्टेडमा सँगै काम गरेका थिए ।

हाल उनीहरुको दबंग ३ सिनेमाघरमा रिलिज हुने तयारीमा छ । राधे अर्को वर्षको इदमा रिलिज हुनेछ । फिल्ममा सलमान र दिशासँगै जैकी श्राफ, रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ । हाल फिल्ममा सलमानको आमाको भूमिकामा अभिनेत्री जरिना बहाबको पनि प्रवेश भएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…