सलमानको दयाले सफल बन्दै क्याट्रिना, ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा प्रवेश

काठमाडौं । बलिउड सपुरस्टार सलमान खान र कटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा प्रवेश गरेको छ । बलिउड चर्चित नायिका क्याट्रिना कैफ एकपछि अर्को गर्दै ४ वटा फिल्ममा लगातार असफल बनिरहेका बेला सलमानको दयाले फिल्म ‘टाइगर जिन्दा है’ अभिनय गर्न पाएपछि फेरी एक पटक चर्चामा मात्रै आइनन् यो फिल्मले भारतमा मात्रै १९० करोड बढी कमाएको छ ।

विश्वभरका ११ सय सिनेमा घरमा एकसाथ लागेको यो फिल्म १३० करोडको बजेटमा निर्माण भएको हो । अलीअब्बास जफरले निर्देशन गरेको फिल्मले अहिले विश्वभर चर्चा पाइरहेको छ । इताजाबाट

तपाईको प्रतिक्रिया