सलमानको जन्मदिनमा क्याट्रीनाको खुसीको आशु

बिबाह नगरी नै बलिउड स्टार सलमान खानले ५२ औं जन्मदिन भर्खरै मनाएका छन् । तर पनि खुसी नै छन् उनी । आफ्नो खुशी माथी झनै खुशीको राज क्याट्रीना भएको जन्मोत्सवको बेला बताएका छन् । सलमान र क्याट्रीना अभिनित फिल्म ‘टाईगर जिन्दा है’ ले अहिले बिश्व सिने ईतिहासमा नसोचेको व्यापार गरिरहेको छ । यसैको खुसी पनि सलमानलाई भरपुर छ ।

उनको जन्मदिन संगै ‘टाईगर जिन्दा है’ को सक्सेस पार्टी समेत मनाईएको थियो । जहाँ टाईगर जिन्दा है लेखिएको ठूलो केकको ब्यवस्था गरिएको थियो । सलमान को जन्मदिन र फिल्मको सक्सेस पार्टिको ठूलो केक कटिरहदा फिल्मकी नायिका क्याट्रीनाको आँखा भने खुशिले रसाईरहेको देखिन्थ्यो । सलमान आफ्नो प्रत्येक जन्मदिन प्यन्वेल फाम हाउसमा मनाउछन् ।

तपाईको प्रतिक्रिया