सलमानका भाइ सोहेल र अरबाजविरुद्ध ऊजुरी दर्ता

काठमाडौं / अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ ।
उनीहरु डिसेम्बर २५ मा यूएईबाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुपर्ने नियमको थियो तर उनीहरु नियम पालना नगरी घर गएका थिए ।

यही कारण उनीहरुविरुद्ध उजुरी दर्ता भएको हो । यधपि उनीहरुलाई कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । भारती मिडियाले जनाए अनुसार उनीहरुलाई बस्नको लागि मुम्बईको ताज ग्रान्ड होटलमा व्यवस्था मिलाइएको थियो । उनीहरु त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया