”सरजमिन” हेरेर रोए दर्शक

बेलबारी । मण्डला थिएटरको सहकार्यमा लेट्स ईन्टरटेन्मेण्टको प्रस्तुति रहेको नाटक सरजमिन हरेपछि धेरै दर्शकहरु रोएका छन । उनीहरुले नाटकलार्इृ नेपाली समाजको बास्तविक यथार्थ भन्दै आँसु थाम्न नसकेको प्रतिक्रिया दिएका छन । सो नाटक पूर्वका ६ वटा शहरहरुमा प्रर्दशन भईरहेको छ । बिहीबार,शुक्रबार र शनिबार बेलबारीमा नाटक हेर्ने अधिकांश दर्शकको आँखा रसाएका छन ।
३ दिनमा ५ शो देखाईएको नाटकमा उल्लेख्य दर्शकहरु सहभागी भएका छन । प्रबिण खतिवडाको निर्देशनमा तयार भएको नाटक पुष २५ गतेदेखि माघ ८ गतेसम्म प्रर्दशन हुनेछ । नाटक प्रर्दशन र कार्यशालाका लागि दयाहाङ राई,बुद्धी तामाङ ,बिजय बराल,सोमनाथ खनाल लगायत १ दर्जन बढी कलाकारहरु अहिले पूर्वमा रहेका छन ।
मंगलबार ईटहरीबाट नाटक प्रदर्शन शुरु भएको थियो । नाटक समाजको बास्तविक यथार्थ भएको र यस्लाई नाटक मार्फत दर्शकहरुलाई बुझाउने कोशिश गरिएको नाटकका लेखक प्रविण खतिवडाले बताए । नटकमा गरिबि र अभावको पिडामा मानिस कति सम्म दासी बन्न बाध्य हुन्छ भन्ने कुराको यथार्थ चित्रण गरिएको छ । कलाकारको जिवन्त अभिनयका कारण पनि नाटक उत्कृष्ट लागेको दर्शकहरुले प्रतिक्रिया दिएका छन ।
गतबर्ष पहिलो पूर्वाञ्चल नाट्ययात्रा भएको थियो । त्यसमा पूर्वका दर्शकहरुले देखाएको माया र सदभावका कारण  नाटक प्रर्दशन गर्ने सोच बनाएको कलाकार सोमनाथ खनाल बताउँछन । नाटक सँगै नाटकमा रुचि राख्नेहरुका लागी कार्यशाला समेत सञ्चालन भईरहेको छ । नवकलाकारहरुको मागलाई मध्यनजर गरी कार्यशाला आयोजना गरेको कार्यशालाका प्रशिक्षक समेत रहेका कलाकार दयाहाङ राई बताउँछन ।
 नाटक इटहरीमा २५ गते,लेटाङमा २६ गते,बेलबारीमा २७,२८ र २९ गते धुलाबारीमा ३० र माघ १ गते चुलाचुलीमा २ गते झोराहाटमा ३ र ४ गते रमाइलोमा ५ गते बिराटनगरमा ६,७ र ८ गते सम्पन्न हुने छ । यो नाटक ९ हजार बढी दर्शकहरुले अबलोकन गर्ने ब्यबस्थापक बिकास बुढाथोकी बताउँछन । बेलबारी बिराटनगर जस्ता ठाँउहरुमा दैनिक २ देखि ३ शो सम्म सञ्चालन गर्ने अबस्था आएका कारण दर्शक बढने उनको अनुमान रहेको छ ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया