समुन्द्री तटमा काली केटिसंग राई ईज किङ, भाउजू भन्नेहरुको लर्को

ईटहरी/ नेपाली संगीत आकाशमा एउटा छुट्टै पहिचान बनाएर आफुलाई परिचित बनाएका भर्सटाईल गायक राजेश पायल राई बेलाबेला बिभिन्न कुराहरुले चर्चामा आउने गर्छन । बढि त उनी नायिका रेखा थापाको नामले चर्चामा आउने गर्छन तर यो पाली भने उनी फरक रुप र शैलिमा चर्चामा छाउदै छन । कुरा हो उनले एक काली युवती संगै खिचेको तस्बिरलाई फेसबुकमा अप्लोड गरेको ।

सार्बजनिक तस्बिर पछि उनको तारिफ गर्ने हरुको ताती नै लागेको छ । उनको भन्दा पनि काली केटिलाई भाउजु भन्नेहरुले उक्त पोस्टको कमेन्टमा तहल्का मच्चाईरहेको देख्न सकिन्छ । राजेशले सो फोटो अप्लोड गरेको केहि मिनेट मै १ हजार बढी लाईक पाएको थियो भने सयौ कमेन्टमा ‘भाउजू राम्रो भेटिएछ, बधाई छ’ भन्नेहरू को लर्को लाग्यो ।

राजेशले काली, हल्का मोटि अनि खिस्स हासेकी केटिको फोटो पोस्ट गर्दै ‘सेनेगल (देशको झन्डा) ओके छ त.. जस्ट फ्यान फर स्टाटस ल’ भन्दै मंगलबार आफ्नो अफिसियल फेसबुक पेजबाट पोस्ट गरेका थिए । राई ईज किङ लेखेको टिसर्ट लगाएका राजेश पनि उनी संगै २ औला ठड्याएर क्यामेरा अघि पोज दिइरहेका देखिन्छन । उनले सो फोटोलाई मङोलियन निशा नामको आईडिलाई पनि ट्याग गरेका छन् ।

तपाईको प्रतिक्रिया