सपनलाइ इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियोबाट आर्थिक सहयोग

इटहरी/ सपनलाइ इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियो द्वारा आर्थिक सहयोग प्राप्त भएको छ । ट्याक्टरमा लेबर काम गरेर दैनिकी चलाईरहेका सपन अन्य गायकहरुको जस्तै गित गाउन सक्छन । आफु संग गलामा भएको कलालाइ कमजोर आर्थिक अबस्था भएको कारण ओझेलमा पारेका थिए । मिडियामा आए संगै उनको त्यो गायकी सुनेर सबै आश्चर्य चकित भएका थिए ।

आर्थिक अभाबले थन्किएर बसेको कलालाइ अगाडी ल्याउन देश तथा विदेश बाट आर्थिक सहयोग संकलन भइरहेको छ । देशव्यापी भाइरल भनेका सपनको गायन शैलीलाइ सम्मान तथा हौसला स्वरुप गाएक कमल खत्रीले पहिलो गित रेकर्डिङ्ग गरिदिने भएका छन् । चाडै नै आफ्नो पहिलो गित रेकर्डिङ्ग तथा गीतको म्युजिक भिडियो छयांकन गर्न खर्चिलो हुने भएकाले अझै केहि रकम अपुग भएको बेला इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियोकि संचालिका दुर्गा बराल ‘अनु’ले सहयोग स्वरुप नगद ९२१० रकम हस्तान्तरण गरेकी छन् ।

उक्त्त रकम मध्य ६२१० इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियो बाट र अन्य बाकि रकम बिधार्थीहरु बाट संकलन गरिएको थियो । लामो समय देखि इटहरीमा मेकअप स्टुडियो संचालन तथा तालिम दिदै आएकी सौन्दर्यकर्मी अनुले आफ्नै इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियो द्वारा संचालन गरिएको बेहुली शृंगार तालिमको समापन कार्यक्रममा उक्त्त रकम हस्तान्तरण गरेकी हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…