सन्दिप क्षेत्री र सुशील नेपाल संग सेल्फी खिच्ने को हुन ? हेर्नुस् (भिडियो सहित)

कार्तिक  / हरेक दिनजसो नेपाली साङितिक बजारमा उत्कृष्ट गीतको सर्बोत्कृष्ट म्युजिक भिडियोहरु सार्बजनिक हुने क्रम निकै बढेको छ । यस्तै ‘सेल्फी क्विन’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘फलो मि’ एल्बममा समाबेश उक्त गीतलाई रबिना थापा र अनिल सिंहले गाएका छन । गीतमा चर्चित प्रस्तोता नरेश भट्टराईको शब्द समाबेश छ ।

गायक अनिल सिंहकै संगीत रहेको गीतलाई सैलेन्द्र बाबू प्रधानले एरेन्ज गरेका हुन । गीतको भिडियोमा टेलिभिजनबाट छुट्टाछुट्टै बिधामा चर्चा कमाएका ब्यक्तिलाई अभिनय गर्दै गरेको देख्न सकिन्छ । कान्तिपुर टेलिभिजनबाट कमेडी शो होस्ट गरेर अब्बल कमेडियनको रुपमा ख्याती कमाएका ‘सन्दिप क्षेत्री र नेपालको पहिलो स्तरीय टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ को प्रस्तोता बनेर चर्चामा आएका सुशील श्रेष्ठलाई भिडियोमा गायिका संग सेल्फी खिच्दै गरेको देख्न सकिन्छ । हेर्नुस भिडियो ।


त्यस्तै राजेश थापाको पनि अभिनय रहेको भिडियोलाई सुरेन बसेलले कोरियोग्राफी गरेका हुन । सुब्रत राज आचार्यको निर्देशन र अर्जुन तिवारिको छायांकनमा भिडियो निर्माण भएको हो भने भरत रेग्मीले भिडियोलाई सम्पादन गरेका छन ।

तपाईको प्रतिक्रिया