‘सत्रुगते’को ‘रुपै मोहनी’ सार्बजनिक, हेर्नुस् ३ हिट जोडिको छमछमी (भिडियो सहित)

इटहरी/ आउदो चैत्र ९ गते सार्बजनिक प्रदर्शनको तयारिमा रहेको बहु प्रतिक्षित चलचित्र ‘सत्रु गते’ को पहिलो गीत सार्बजनिक भएको छ । ‘रुपै मोहनी’ बोलको उक्त गीत पनि पछिल्लो समय छायांकन गर्दा देखि निकै प्रतिक्षित बनिरहेको थियो । उक्त प्रतीक्षाको घडिलाई समाप्त गर्दै आज युट्युब मार्फत लोकलयमा रहेको उक्त गीत सार्बजनिक गरिएको हो ।

मल्टी स्टार कलाकारहरुको गतिलो जमघट रहेको सत्रु गतेको सार्बजनिक गीतमा दर्जनौ कोरस डान्सरहरु बिच फिल्मका मुख्य कलाकारहरू जोडि बाधिएर मज्जैले नाचेका छन् । फिल्मका मुख्य कलाकारहरु दीपक राज गिरि र प्रीयंका कार्कि, हरीबंश आचार्य र दीपाश्री निरौला, पल शाह र आचल शर्माको जोडिको कम्मर मर्काई हेरिरहौ लाग्ने खालको छ । हेर्नुस् रुपै मोहनिको भिडियो यस्तो बनेको छ ।

मह संचारको प्रस्तुतिमा १६ बर्ष पछि फिल्म निर्माणमा फर्किएका किरण केसिले निर्माण गरेको फिल्म सत्रु गते बिरगंज र काठमाडौमा छायांकन सकिएको छ । फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्मका गीतहरुमा टंक बुढाथोकी र काली प्रसाद बास्कोटा को संगीत समावेश छ भने टंक र काली प्रसाद संगै मिना निरौलाको आवाज पनि फिल्मका गीतमा सुन्न सकिन्छ । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिबंश आचार्यले कथा लेखेका हुन् । गीतहरुको भिडियोलाई कबिराज गहतराज र प्रबिन सिहले कोरियोग्राफी गरेका छन् भने दीपक राज गिरि, दीपा श्री निरौला, नरेन्द्र कँसकार, शिबहरी पौडेल, यसोधा श्रेष्ठ, रमिला आचार्यको संयुक्त लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया