सत्रुगतेको प्रचार यात्रा : इटहरीमा जे देखियाे (फोटोफिचर सहित)

ईटहरी/ फिल्म प्रचारप्रसार को लागि मेची महाकाली यात्रामा निस्केको ‘सत्रुगते’ले आज ईटहरीमा कार्यक्रम गरि यात्रालाई बिट मारेको छ । दिउँसो २ बजे ईटहरी आइपुगेको टीमले पत्रकार भेटघाट कार्यक्रम पनि गरेको थियो । भेटघाट कार्यक्रममा फिल्मका कलाकार पल शाह, आचल शर्मा, हरिबंश आचार्य, दीपश्री निरौला, किरण केसि, शिबहरी पौडेल लगायत उपस्थित रहेका थिए ।

उपस्थित पत्रकारहरूको जिज्ञासा मेटाउदै फिल्मका मुख्य कलाकार मध्यका एक हरिबंश आचार्यले पछिल्लाे समय हलिउड र बलिउड माेह बढदै जादा नेपाली भाषा नै लाेप हुने संकेत देखियाे । घर घरमा हिन्दि सिरियल बज्छ नेपाली माैलिकता भएका कथा बस्तुहरू बिक्नै छाडेको बताए । त्यस्तै फिल्मको अर्कि मुख्य कलाकार दीपाश्री निरौलाले फिल्मको बारेमा बोल्दै भनिन् ‘शत्रुगते एउटा यस्ताे फिल्म हाे जस्ले छिनछिनमा दर्शक हसाउछ एकैछिनमा रूवाउछ र सेन्टिमेन्टल पनि बनाउछ ।’

यता पत्रकार भेटघाटमा फिल्मका नायक पल शाहले पनि ‘फिल्म अहिले नै गीत र ट्रेलरका कारण चर्चामा छ, बाकि हामी यस्तो छ त्यस्तो छ भनेर भन्दैनौ ।’ भन्दै आम दर्शकलाई हल सम्म पुगेर चलचित्र हेरिदिन आग्रह गरे । झन्डै १ घण्टा लामो पत्रकार भेटघाटको अन्त्यमा बोल्दै फिल्मका प्रस्तुतकर्ता किरण केसिले पनि फिल्मका बारे जानकारी दिदै ‘थुप्रै कलाकार मिश्रीत भएर निर्माण भएकाे हाम्राे शत्रु गते नेपाली चलचित्र अरू भन्दा फरक छ, निर्माण पक्ष देखि संगित बलीयाे भएकै कारण राम्राे काराेबार गर्नेमा हामि अाशावादी छाै तर अहिले सुपरहिट चै भनिहाल्दैनाै’ भनेर बताएका छन् ।

टीमले पत्रकार भेटघाट पछि दिउँसो ३:३० बजेबाट विभिन्न हास्य प्रस्तुती संगै साङितिक कार्यक्रम गरेको थियो । यहि फागुनको २३ गतेबाट ‘रुस्लान मह सत्रुगते यात्रा’ नामले सुरु भएको यो यात्रको पहिलो दिन हेटौंडामा कार्यक्रम सुरु भएको थियो । त्यस्तै २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र आज ईटहरीमा सयौ दर्शकमाझ साङितिक कार्यक्रम गर्दै यो यात्रालाई बिट मारेको हो ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । प्रदिप भट्टराईको पटकथा तथा निर्देशन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका छन् । फिल्म सत्रुगतेमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माताको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया