सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो : नायिका तामाङ

काठमाडौं / समाजसेवी तथा तामाङ चलचित्रकी नायिका शुकुमाया तामाङले असफल भएकी एक जना सगमाथा आरोहीको बारेमा सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दा दबावपूर्ण धम्की खेप्नु परेको गुनासो पोखेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूप्रति मानहानी भएको बताउँदै जिम्मेवार नागरिकको नाताले सगरमाथा आरोहरणका क्रममा असफल भएको व्यक्तिको बारेमा स्टाटस लेख्दा दबावपूर्ण धम्की आएकोमा घोर आपत्ति प्रकट गरेकी छिन् ।

तामाङले भनिन्,‘मैल काभ्रेपलाञ्चोक घर भएकी शर्मिला स्याङतानले सगरमाथा सफल आरोहरण गरेकी होईनन भन्ने आधिकारीक कुराहरु थाहा पाएपछि यो त गलत भयो, त्यसैले गलत सूचना प्रवाह गर्नुहुँदैन भन्ने आसयले स्टाटस लेखेकी थिएँ, त्यसलाई व्यक्तिगत रिसिईभि बनाई अर्नगल प्रचार गर्ने काम भयो, मेरो व्यक्तिगत चरित्र हत्या गर्ने खालका कामहरु भएका कारण पत्रकार सम्मेलन गर्न बाध्य भएको हुँ ।’

नायिका तामाङले अघि थपिन्,‘विश्व शान्तिका अग्रदुत ‘गौतम बुद्ध नेपाल मै जन्मिएका हुन’ भन्ने मुल नाराकासाथ १ अप्रिल, २०१८ मा छोकी शेर्पा र शर्मिला स्याङ्तान तामाङ सगरमाथा आरोहरणमा गएका थिए, जसमा छोकी शेर्पाले १६ मे, २०१८ मा सफलतापूर्वक सम्पन्न गरेको र शर्मिला स्याङतानले भने शारिरीक अस्वस्थताका कारण बीचमै अभियान छोडी सफलता प्राप्त गर्न नसकेको समाचार यसै रिपोर्टर्स नेपालको अनलाईमा पढेकी थिएँ, केही सञ्चार माध्यम एवम् सामाजिक सञ्जालमा अनर्गल प्रचारवाजीले अभियानमा नै धब्बा लगाउने खालको कार्यले विश्वसामू लज्जित हुनुपर्ने अवस्था सिर्जना नहोस् भनेर मलै यस विषयमा खन्डन गर्न यहाँ आएकी हुँ ।’

शर्मिला तामाङले आफूप्रति व्यक्तिगत पूर्वाग्रह राखी उक्त अभियानको लागि उठाईएको रकमबाट १५ प्रतिशत आर्थिक फाईदा लिन खोजेको भनेर आफूमाथि लगाईएको आरोप मिथ्या रहेको स्पष्ट पारेकी छन् ।

उनले भनिन,‘मेलै आरोहण असफल हँुदाहुँदै पनि किन सफल भन्दै भ्रमात्मक कुरा बाहिर ल्याएको हो ? यस्तो नगरे हुन्थ्यो, सगरमागथासँग नेपालको स्वाभिमान जोडिएको छ, विश्वको भावना जोडिएको छ, नभएका र नगरेका कार्यहरुको बारेमा प्रचार गर्दै हिँड्नुले राम्रो सन्देश दिँदैन भन्ने मेरो तर्क थियो, म एक जिम्मेबार नागरिक भएको नाताले यस्ता गलत कुराहरु गर्नुहुँदैन मात्रै भनेकी थिएँ, उल्टै मलाई आर्थिक फाईदाको लागि बिरोध गरि भनेर प्रचार गरियो यसमा मेरो आपत्ति रहेको छ, छोकी शेर्पासँग यस विषयमा सोधेपनि हुन्छ, उहाँले कति ठाउँमा शर्मिलाजीको बारेमा बोल्नुभएकै छ ।’

नायिका तामाङले शर्मिला स्याङतान तामाङका आर्थीक अभियान टोलीका सदस्यहरुले सामाजिक सञ्जालमार्फत आफूलाई बद्नाम तुल्याउने कार्य गरेको भन्दै कानूनी तवरमार्फत सत्यको बारेमा वकालत गर्न आग्रह गरेकी छिन् ।

उनले भनिन्,‘कानून राज्यको पूर्ण पालना सबैले गर्नुपर्छ, मेरा कुराले कसैलाई अन्याय परेको हो भने कानूनी माध्ययमा आउनुपर्ने हो, तर आर्थिक कमिशनको आरोप लगाएर मेरो चरित्र हत्या गर्ने काम गरिएको छ, जुन कार्यले मलाई अत्यन्तै दुखित तुल्याएको छ, म एक समाजसेवी र कर्तव्यवान नागरिक भएको कारण सगरमाथा आरोहणजस्तो विषयमा भएका भ्रामात्मक प्रचारवाजीलाई खण्डन गर्दा गलत हो भने जस्तोसुकै कानूनी सजाय भोग्न पनि तयार छु ।’

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…