संगीत सिक्दै सपन श्रेष्ठ (भिडियो )

ईटहरी/ युट्युबबाट आफ्नो प्रतिभा प्रस्फुटन गर्दै चर्चामा आएका सपनको यतिबेला गीत रेकर्डिङ्गको तयारि सुरु भएको छ । पैसा अभाबका कारण आफ्नो गायन कलालाई राम्रो स्थान दिन नसकिरहेका सपन मिडियामा आएपछि भने उनले निकै राम्रो स्थान पाएका छन् । उनलाई आर्थिक सहयोग देखि लिएर विभिन्न संगीत क्षेत्रका हस्तीहरुले गीत रेकर्डिङ्गको अफरहरु गरिरहेका छन् । सहयोगी हात र साथहरु सबैलाई सपनले धन्यबाद दिएका छन् ।

सपनले केहि दिन अघिबाट संगीत साधनालाई पनि सुरु गरेका छन् । ईटहरीमा अवस्थित ‘संगीत साधना’ मा उनले सुवास संकल्पको पहलमा संचालक राजु केसीको मातहतबाट संगीतको औपचारिक ज्ञान लिन सुरु गरेका हुन् । ‘सपनको यो राम्रो कलालाई अझ निखार ल्याउन संगीत साधनाले सकेको सहयोग गर्ने’ संचालक राजु केसीले बताए । हेर्नुस सपनको बारे नया अप्डेट सहितको भिडियो ।

उता सपनको पहिलो गीत तयारीको अन्तिम चरणमा पुगेको गायक कमल खत्रीले जानकारी गराए । म्युजिक ट्रयाक तयार भएपछी गीतको सब्द र ट्रयाक सपनालाई उपलब्ध गराउने र ट्रयाकमा केहि दिनको तयारि पश्चात काठमाण्डौ गएर गीत रेकर्ड गरिने कुरा सुवास संकल्पले सुनाए । संकल्पले सपनको प्रतिभा बाहिर ल्याउन सुरु देखि नै सहयोग गरिरहेका छन् । त्यस्तै कुण्डलिनी, ईटहरिमा एउटा शोको तयारि र म्युजिक भिडियो निर्माणको लागि पनि केहि तयारि सुरु गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया