संगीतकार रुद्र श्रेष्ठकाे पूर्वेली गीत “काबेली खोला” सार्वजानिक (भिडियाे सहित)

काठमाण्डौ / पछिल्लो समय संगीतकार रुद्र श्रेष्ठको एरेन्जमा तथा सुमधुर संगीतमा रहेको “काबेली खोला”बोलको नयाँ पूर्वेली गीत दर्शक–स्रोतामाँझ लिएर आएका छन् । उत्त गीत पूर्वाञ्चल म्युजिक अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा गीतकार गायत्री लम्सालको शब्द रहेको छ भने संगीतकार रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । सरल र मिठासपूर्ण शब्दहरु र संगीत रहेको यो गीतमा गायक कुशल थालाङ्ग र गायिका अप्सरा बिस्टको आवाज सुन्न सकिन्छ । प्राकृतिक समेटिएर बनाएको गीतको भिडियो सुन्दर र शालिन छ ।

संगीतकार रुद्र श्रेष्ठको निर्माणमा तयार भएको “काबेली खोलाू”गीतको, छायांकन र सम्पादन रीकेश बज्राचार्यले गरेका हुन् । दशैं र तिहारको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले सार्वजनिक गरेको रुद्र श्रेष्ठले बताए । आफूले संगीत गर्दै आएको गीतहरुको प्याट्रनमा भए पनि यो गीतले सबै खाले गीत संगीतका पारखीहरुको मन छुन सक्ने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया