संगीतकार तथा गायक चेतन सापकोटाको ‘एक भै जुटौ नेपाली हो’ सार्वजानिक (भिडियाे सहित)

काठमाडौँ / संगीतकार तथा गायक चेतन सापकोटाको नयाँ गीती भिडियो सार्वजानिक भएकाे छ । सापकोटाकाे ‘एक भै जुटौ नेपाली हो’ बोलको गित वेस्ट युटुब च्यानल मार्फत सार्वजानिक भएकाे हाे । म्यूजिक भिडियोमा संगीतकार सापकोटा, प्रियंका भण्डारी लगायत मिलन सुबेदी, धर्मेन्द्र बन, प्राध्यापक प्रेम रिमाल, डाक्टर भोजराज अधिकारी लगायतको अभिनय रहेको छ ।

जेनू बस्नेतको शब्द रचना रहेको उक्त गीतमा संगीतकार चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ । चितवनको पर्यटकिय स्थलहरु बीसहजारी ताल, उपरदागं गढ़ी , सानु गढ़ी पटियानी थारु बस्ती लगायत विभिन्न रमणिय स्थलमा छायांकन भएको उक्त भिडियोमा चितवनलाई बिकास निर्माण र समृद्दिको नमुना शहरको रुपमा चित्रण गरिएकाे छ । टेकेन्द्र शाहको सम्पादन, बिशाल भट्टको छायांकन रहेको म्यूजिक भिडियोलाई स्वयं संगीतकार सापकोटाकै निर्देशन रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…