श्वेताको सिधा कुरा, ‘सरकार रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईयोस्’, पुरा पढ्नुस्

ईटहरी/ विश्व टेलिभिजनको ईतिहासमा सबै भन्दा लामो अन्तरबार्ता लिएर रेकर्ड कायम गरेका पत्रकार रबि लामिछाने यति बेला बिबादमा छन् । केहि समय अमेरिकी जीवन बिताएर नेपाल फर्किएका रबि हाल नागरिकताको कारण बिबादित बनेका हुन् । नेपाल आएर न्युज २४ टेलिभिजनबाट ‘सिधा कुरा जनतासंग’ कार्यक्रम चलाईरहेका उनले अमेरिकी नागरिकता नत्यागी यस्ता कार्य गरेको भनेर बिरोध भएको हो । तर उनले ‘सिधा कुरा जनतासंग’ को गएको एपिसोडमा सबै कुरा छर्लंग पारिसकेका छन् ।

यता उनको समर्थनमा देशका सामान्य नागरिक देखि चर्चित नेपालि सेलिब्रेटिहरुले समेत आफ्नो धारणा सामाजिक संजाल मार्फत राखिरहेका छन् । देशबिदेशमा छरिएर रहेका लाखौ नेपालीहरुको पिडाको मलम र ढुकढुकी बनेका लामिछाने प्रति नायिका तथा निर्मात्री श्वेता खड्काले पनि आफ्नो बिचारला फेसबुक मार्फत ब्यक्त गरेकी छिन । उनले रबि नै गलत हुन् भन्दै “सरकार, रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईओस” भनरे आफ्नो मनोभावना पोखेकी छिन । हेर्नुस उनको फेसबुक स्टाटस जस्ताको त्यस्तै ।

Purbeli TV

तपाईको प्रतिक्रिया