श्वासप्रश्वासमा समस्या देखिएपछि सञ्जय दत्त अस्पताल भर्ना

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न गाह्रो भएलगत्तै अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । भारतीय मिडियाहरूमा उल्लेख गरेअनुसार उनको कोभिड १९ को रिपर्ट नेगेटिभ आएको छ ।

अस्पतालको आइसीयुको गैरकोभिड वार्डमा राखेर उनको थप उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन् । डाक्टरहरू उनको अक्सिजन स्तर एक्कासी खस्किएका कारण बुझ्नका लागि गरिएको परीक्षणको रिपोर्टको पर्खाइमा रहेका छन् ।

स्वास्थ्यमा समस्या नआएको खण्डमा उनलाई भोलि अस्पतालबाट डिस्चार्ज गरिनेछ । दत्त हाल मुम्बईमा एक्लै बस्दै आएका छन् । लकडाउनका कारण उनकी श्रीमती र दुई बच्चाहरू विदेशमै रहेका छन् ।

तपाईको प्रतिक्रिया