श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक (भिडियाे सहित)

इटहरी / बोकेदाह्रीको रुपमा चिनिएका गायक श्रीकृष्ण लुइँटेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्ला वर्षहरूमा माेफसलमै रमाइरहेका लुइँटेलको ‘दशैँ आयो तिहार आयो’ बोलको गीतको भिडियो सार्बजनिक भएको हो । श्रीकृष्ण लुइँटेलकाे आफ्नै युट्युब च्यानल मार्फत साे भिडियाे सार्बजनिक गरिएकाे हाे ।

सार्वजनिक गीतमा कोरोना कहरका बाबजुत नजिकिदाे दशैं,तिहारका समस्याहरूलाई प्रस्तुत गरिएको छ । गीतमा चाडपर्वका बेला कसरी सुरक्षित रहनुपर्छ, सतर्कता र सजगता कसरी अपनाउनुपर्छ भन्ने सन्देश समेत रहेकाे पाइन्छ ।

श्रीकृष्ण लुइँटेल(बोकेदारी)काे शब्द, स्वर तथा संगीत रहेको गीतलाई जोनी योन्जनले एरेन्ज गरेका हुन् । रोहित लाम्गादेकाे निर्देशनमा तयार गरिएकाे गीतमा रोहित लाम्गादेकाे निर्देशन , सुबाश लिम्बु मेन्याङ्ग्बोकाे छायांकन तथा सम्पादन, नहिम अलिकाे कोरियोग्राफी तथा बिष्णु कार्कीकाे शृंगार रहेकाे छ । गीतमा श्रीकृष्ण लुइँटेल(बोकेदारी), शम्भु श्रेष्ठ, बिक्रम गेलाल, नहिम अलि, अरुण राजबंशी, रजत श्रेष्ठ, दिपेन्द्र कटुवाल, बिष्णु कार्कीकाे लगायत कलाकारको अभिनय गरेका छन् । गित सनलाइट रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया