श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ को ‘आज बिहेमा आको छु’ गीत सार्बजनिक

इटहरी / गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले ‘आज बिहेमा आको छु’ बोलको गीत सार्बजनिक गरेका छन् । उनले आफ्नै युटुब च्यानल बाेकेदाह्री मिडिया अफिसियल युटुब मार्फत सार्वजनिक गरेका हुन् ।

श्रीकृष्णकै स्वर रहेको सो गीतमा उनलाई गायिका कविता सिवाकोटीले गायनमा साथ दिएकी छन् । जोनी योञ्जनकाे एरेन्ज रहेकाे उक्त गितमा श्रीकृष्णकाे आफ्नै संगीत रहेकाे छ ।

कृष्ण सुवेदीको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै सुबोध रसाइली, सोनिया कटुवाल, भवेश थापा, मात्रिका पोखरेललगायतको अभिनय रहेकाे छ । भिडियाेमा रोहित लाम्गाडेको कोरियोग्राफी तथा निर्देशन रहेको छ । हेर्नुहाेस् भिडियाे ।

तपाईको प्रतिक्रिया