श्रीकृष्णको जन्मदिनमा भाबुक बनिन् स्वेता (भिडियो सहित)

इटहरी/ आफ्नो जिवनको अन्तिम फिल्म ‘कोहिनुर’ आम सिनेप्रेमिहरु माझ रिलिजकै छेको संसार त्यागेका श्रीकृष्ण श्रेष्ठको आज जन्मदिन । आजकै दिन अर्थात पौषको १४ गते जन्मेका थिए । उनैलाई सम्झदै श्री पत्नी आज निकै भावुक रुपमा सामाजिक सन्जालमा प्रस्तुत भईन् । फेसबुकमा एक स्टाटस लेख्दै र युट्युबमा एक भिडियो सार्बजनिक गर्दै श्री प्रती सम्झनाका सब्दहरु पोखेकी छिन् । हेर्नुस् भिडियो ।

श्री कै सम्झनामा सामाजिक कार्यहरु गर्दै ‘कान्छी’ फिल्म निर्माण गरेकी स्वेताले फेसबुकमा लेखेको स्टाटस यस्तो छ : मृत्युको दिनभन्दा जन्म दिन महत्वपुर्ण हो । जन्म ले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ । मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ । किनकी आजकै दिन हजुर जन्मनुभएको थियो-मेरै लागी । हजुरले मेरो सिउँदो भर्नु भयो अनि रङ्गिन भविश्यको सपना देखाउनु भयो । म त्यही सपनाको रङ्ग मा रङ्गिएर जिन्दगीको यात्रामा हजुरसँगै समाहित भएँ । हामिदुबै छोटो समयकै लागी सही _
-सँगै हिंड्यौ । जिवनको त्यो यात्रामा हजुरले मलाई कैयन खुशिहरु दिनुभयो ।

बिर्सनै नसक्ने करोडौ मिठा यादहरु अनि आँट, शाहस र हिम्मत दिनुभयो । साँच्चै हजुरल्र दिएका ति अविस्मरणिय पलहरुले जिन्दगीको अन्तहिन यो यात्रामा निरन्तर अगाडी बढ्नको लागी मलाई हौस्याई रहेका छन । भन्नेहरु त भन्ने गर्छन कि तपाइ सदासदाको लागी बिलाउनु भयो भनेर । तर मलाई हजुर म बाट बिलाएको भान हुँदैन । हजुर त मेरै मन र मस्तिस्कमा जिवित र सजिव हुनुहुन्छ । मैले बोल्ने हरेक शब्द अनि मैले हेर्ने हरेक द्रुश्य हरुमा केवल हजुर नै हुनुहुन्छ । हजुर हुनुहुन्छ र त म छु । हजुरको हरेक जन्म अनि हरेक जु नी मेरै लागी हुनेछ । आजकै दिन मेरा लागी यो धर्तिमा पाइला टेक्नु भएको तपाईलाई जन्म दिनको यो पावन अवसरमा करोडौ शुभकामना ।
उही हजुरकी कोहिनुर /कान्छि

तपाईको प्रतिक्रिया