‘शेरबहादुर’को कान्छी मट्याङ्ग ट्याङ्ग, मेनुका बनिन् आईटम गर्ल (भिडियाे सहित)

चलचित्र ‘शेरबहादुर’ मा समाबेश गरिएको गीत ‘कान्छी मट्याङ्ग ट्याङ्ग’को भिडियो सार्बजनिक भएको छ । सार्बजनिक आईटम गीतमा गायक कोसिस क्षेत्रीको स्वर, शब्द तथा संगीत समाबेश गरिएको छ भने कोशिसलाई गायनमा मिना निरौलाले साथ दिएकी छिन ।मिनाले गाएकी गीत ‘ठमेल बजार’ र ‘काले दाइ’ले राम्रो चर्चा बटुलिसकेको छ भने यो गीत पनि सोही फ्लेभरमा बनेको छ । भिडियोमा नायिका मेनुका प्रधान र कर्माले मज्जैले कम्मर मर्काएको देख्न सकिन्छ । साथै रबिन्द्र झालाई पनि फिचरिङ गरिएको गीतको भिडियो यस्तो बनेको छ ।

आउदो माघको १९ गतेबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’ लाई आर राजबंशिले निर्देशन गरेका छन् । धिरज प्रोडक्सनको प्रस्तुतिमा रहेको फिल्मलाई गौरीशंकर धुनुजु र धिराज राजवंशीले निर्माण गरेका हुन् । प्रमोद क्षेत्रीको कथामा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । राते काईला उपनामले परिचीत सुनिल थापा नै शेरबहादुर हुन् ।

तपाईको प्रतिक्रिया