शिवरात्रीमा गुन्जिए बिनोद

शिवरात्रीको अवसरमा आयोजीत महाशिवरात्री धार्मिक तथा सांस्कृतिक कार्यक्रममा गायक बिनोद खम्बूले आफ्ना गीत प्रस्तुत गरेर दर्शकलाई नचाएका छन् ।
मोरङको बेलबारी ४ स्थित जलेश्वर शिव मन्दिरमा आयोजीत कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु झन खायो झन मिठो, बसमा छैन यो मन लगायत प्रस्तुत गरे । बिनोदको प्रस्तुति हेर्न र सुन्न स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बेतना युनाईटेड क्लब बेलबारी मोरङको आयोजनामा भएको कार्यक्रममा बिनोदसँगै प्रमोद खरेल र स्थानीय कलाकारले पनि प्रस्तुति दिए । गोर्खा फिल्म्स डान्स सेन्टरको आकर्षक नृत्यले कार्यक्रमको रौनक बढाएको थियो ।

तपाईको प्रतिक्रिया