शिवको ‘शिभालय’ : आशुको अर्थ बुझिनन् स्वस्थिमाले, भिडियोमा हेर्नुस्

नेपाली सुगम संगीतका कुशल गायक शिव परियारले पछिल्लो समय नयाँ बर्षको पहिलो कोशेली स्वरुप आफ्नो एक गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । दर्जनौ चर्चित गीतहरु संगीत आकाशमा छोडिसकेका गायक शिव हाल देश तथा बिदेशका साङितिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुती दिन भ्याई नभ्याई छ ।

सार्बजनिक गीत सेन्टिमेन्टल हो भने उनको आवाजमा टंक बुढाथोकीले संगीत भरेका छन् । गायक शिवको ‘शिभालय’ एल्बममा समाबेश रहेको ‘आशुको अर्थ’ बोलको गीतमा रवि अधिकारीको शब्द समाबेश गरिएको छ । रिदम कडेलले एरेन्ज गरेको गीतको भिडियो यसै जनवरी ९ मा युट्युब मार्फत सार्बजनिक गरिएको छ । हेर्नुस् भिडियो यस्तो छ ।

गायक परियारकै नाम रहेको युट्युब च्यानलबाट सार्बजनिक भएको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने धमला बिकाशले सम्पादन गरेका हुन् । उत्कृष्ट मेकिङ देखिने भिडियोमा स्वस्थिमा खड्का र आकाश श्रेष्ठले जिवन्त अभिनय गरेका छन् । यसअघि यि दुई अभिनित भिडियो ‘नरौ तिमी’ ले पनि खुबै चर्चा पाएको थियो । सार्बजनिक भिडियोलाई बुद्धि थापाले छायांकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

×