वीरेन्द्र श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ अवार्डको दावेदार

ओएस नेपालले आयोजना गरेको म्युजिक अवार्डको दोश्रो सस्करण अन्र्तगत गायक वीरेन्द्र श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ ओएस नेपाल म्युजिक अवार्डको दावेदार भएको छ । शम्भू राईको संगीतबाट संगीतिक क्षेत्रमा डेब्यू गरेका गायक श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ लोकपपको विधामा उत्कृष्ठ भएसंगै अवार्डको दावेदार भएको हो । ओएस नेपाल डटकमले अवार्डको दोश्रो सस्करणको टप ५ को नामावली सार्बजनिक गरेसंगै श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ सर्वाेकृष्ट स्थानमा छ ।

बिगत लामो समयदेखि नेपाली गीत संगीत र सत्य , तथ्य खबर सम्प्रेसण गर्दै आएको नेपाली अनलाइन पत्रिका ओएस नेपाल डटकमले यस अघि पहिलो संस्करण सफल रुपमा सम्पन्न गरिसकेको छ ।
दोस्रो संस्करणका लागि भएको प्रतियोगीतामा श्रेष्ठको मनोनयनमा परेको गीतमा उनीसंगै लोक गायिका देशू शुहाङले पनि स्वर दिएकी छिन् । जसमा टीका भण्डारीको संगीत छ भने टंक सुब्बाको शब्द यो गीतमा रहेको छ । ओएसनेपालको मम्युजिक अवार्डको सर्बोत्कृष्ट लोकपप गायनको मनोनयनमा पर्न सफल गीत घर हाम्रो लेकैमा एल्बम सुचिन्दामा समाबेश गीत रहेको छ । गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ र गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छ्न । देवराज सिग्देलले खिचेको यस गीतको भिडियोलाई हेमन योन्जनले सम्पादन गरेका छ्न । सुमन योन्जनको निर्देशनमा तयार यस गीतको छायङ्कनमा दृप्ति तामाङ र दिनेश लिङ्लिन्खिमको अभिनय रहेको छ ।

युरोपको बिश्व बिद्यालयबाट ईन्जिनियरिङ्मा ग्राजुयेड गरेर सफल ईन्जिनियरका रुपमा समेत चिनिएका श्रेष्ठ संगीतका पारखी हुन् । आफ्नै देशमा केही गरु भन्ने अभिप्रायले स्वदेश फर्किएका श्रेष्ठ अहिले गीत संगीतसंगै नेपालको हाइड्रो क्षेत्रको विकासमा समेत जुटेका छन् । संगीतमा भिजेका श्रेष्ठको घर हाम्रो लेकैमालाई अझ सफल बनाउन र अवार्ड जिताउन श्रेष्ठले भोटिङ गर्न समेत आग्रह गरेका छन् । जसका लागि मोबाइलको मेसेज बक्समा गई OSN 73B मा एसएमएस गर्न सकिने बताएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया