विवाहअघिको प्रेमबारे बोलिन् स्वस्तिमा

काठमाडौँ / चलचित्र २ रुपैयाँको कुटुमा कुटु बोलको गीतबाट राम्रो चर्चा बटुलेकी नायिका स्वस्तिमा खड्का पछिल्लो पुस्ताकी सफल नायिका हुन् । छक्का पञ्जा, नाइ नभन्नु ल का सिरिजमा काम गरेपछि उनले पछाडी फर्केर हेर्नु परेन । लुट निर्देशक निश्चल बस्नेतसँग मागी विबाह गरेकी यि सुन्दरी नायिका स्पष्ट वक्ताका रुपमा परिचित छिन् ।

एक अन्तरवार्तामा प्रेम प्रसंगमा गरिएको प्रश्नमा नायिका खड्काले आफु विबाहअघि १ जना पुरुषको प्रेममा परेको तर ति पुरुषले रिलेसनसिपलाई गम्भिरताका रुपमा नलिएका कारण ३ महिना नबित्दै सो प्रेमबाट अलग्गिएको र निश्चलसँग मागी विबाह गरेको उनले बताएकी छन् ।

पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा कुराकानीका क्रममा नायिका खड्काले यो कुरा खुलाएकी हुन् । उनले आफ्नो संघर्षदेखि लकडाउन अवधीसम्मका कुरा गर्न भ्याएकी छिन् । म्युजिक भिडियोमा समेत निर्देशक तथा निर्माताको रोजाईमा परेकी खड्का पछिल्लो समय पनि सक्रिय छिन । उनको प्राय सबै गीतहरूले चर्चा कमाईरहेको हुन्छ । उनलाई बुलबुल फिल्मले अभिनयमा झनै अब्बल ठहर्याएको थियो ।

तपाईको प्रतिक्रिया