विनोद र मेलिनाको पहिलो माया सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायक संगीतकार विनोद खम्बू र चर्चित गायिका मेलिना राईको ‘पहिलो प्रेम’ गीतको भिडियो सार्वजनिक भएको छ । खम्बू कै संगीत र प्रकाश दुमीको शब्द रहेको गीतको भिडियोमा रोज्लिन र राजनको अभिनय छ । उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियो राकेश किरातीको निर्देशन तथा बुद्ध थापा मगरको छायाँकन र सम्पादन रहेको छ ।

प्रकाशको शब्द, विनोदको संगीत र मेलिनाको स्वरमा रेकर्ड भएको गीत ‘छाडि जाने भए जाउ मायालु’ एक समय चर्चामा थियो । त्यहि गीतबाट मेलिनाले सांगीतिक क्षेत्रमा आफ्नो परिचय बनाएकी थिईन् । त्यो गीत चलेपछि नै उनले कम्मर माथि पटुकी लगायतका गीतमा अवसर पाएकी थिईन् । पहिला चलेको यहि टिमको नयाँ गीतपनि राम्रो बनेको छ । यसले अझै राम्रो गर्ने आशा गरिएको गायक संगीतकार खम्बु बताउँछन् । भन्छन् ‘हामी तीन जनाको सहकार्य पाप्छ । त्यसैले यो गीतबाट पनि आशा गरेका छौं ।’

तपाईको प्रतिक्रिया