विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार – आखिर किन गएनन ?

एजेन्सी । बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। यहि कुरामा ऋषि कपुरले सामाजिक सञ्जालमा लेख्दै कडा निन्दा गरे। नयाँ पुस्ताकाले पुराना पुस्ताकालाई इज्जत दिन नजानेको बताउँदै ऋषिले आफ्नो रिस पोखेका थिए। आखिर कहाँ थिए यी स्टार ?

करण जोहर: बिहिबार उनी ‘बाहुबली-२’को रिलिज मा व्यस्त थिए। जब विनोद खन्नाको मृत्युको खबर पाए उनले फिल्मको ग्रान्ड प्रिमियर क्यान्सल गरेका थिए। सो उनले ट्वीट गरेर बताएका थिए।

सलमान खान: उनी ‘टाइगर जिन्दा है’ को सुटिङको लागि भारत बाहिर छन्।

शाहरुख खान : उनी अहिले टेड टक शोको लागि भारत बाहिर छन्।

आमिर खान: उनी बिहिबार भारत बाहिर थिए। शुक्रबार बिहान मात्र उनी भारत फर्किएको बताइन्छ।

अक्षय कुमार: फिल्म ‘पैडम्यान’ को सुटिङमा व्यस्त छन्।

रोहित शेट्टी र अजय देवगन: दुवै ‘गोलमाल अगेन’ को आउटडोर सुटिङमा व्यस्त छन्।

प्रिंयका चोपडा: बिहिबार उनी आफ्नो ब्रान्ड सुटमा व्यस्ति थिइन। ५ दिनको लागि भारत फरकेकी उनी शुक्रबार पुन: न्युयोर्क जाँदै छिन्।

ऋतिक रोशन: भारतीय मिडिया ऋतिकको बारेमा कुनै जानकारी नपाएको बताउँछन्। ऋतिक अघिल्ला ३-४ वर्षमा कसैको पनि अन्त्येष्टीमा देखिएनन्। उनकै नजिकका साथी कुणाल कपूरका पिताको अन्त्येष्टीमा पनि उनी पुगेका थिएनन्।नेपाली हेडलाइन्सकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

Loading…