वरिष्ठ गायक दिप श्रेष्ठलाई कोरोना संक्रमण, हस्पिटल भर्ना

इटहरी/ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आधिकारिक फेसबुक पेजमार्फत उनलाई कोरोना संक्रमण भएको उल्लेख गरिएको हो । त्यसपश्चात् श्रेष्ठलाई सिघ्र स्वास्थ लाभको कामना उनका फ्यान तथा संगीतका हस्तीहरुले गरिरहेका छन् ।

श्रेष्ठलाई २ साता अघि कोरोना संक्रमण पुष्टि भएको हो । उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना भएका हुन् । ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रुपमा रहँदै आएका छन् ।

‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणमा निर्णायकको रुपमा रहेका उनलाई टिमले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । हाल उनी हेम्स अस्पतालमा उपचार गराइरहेको जानकारी कोच राजुकातर्फ बाट व्यवस्थापक बबी लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया