वरिष्ठ अभिनेत्री काे निधन

काठमाडौँ / वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ। शनिबार बिहान अधिकारीको डल्लुस्थित आफ्नै निवास निधन भएको जानकारी कृष्ण मल्लले दिएका छन् । उनको जन्म २००३ सालमा भएको थियो। ७३ वर्षिय अधिकारी केहि वर्षदेखि दम रोगबाट पीडित थिइन्।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा चरित्र अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासुको भूमिका लागि चर्चित छिन्।

तपाईको प्रतिक्रिया

Loading…