लोभलाग्दो लुक्सका टंक : लण्डन पछि नेपालमा जम्ने सुर, फिल्ममा डेब्युको प्रतीक्षा

काठमाडौ/ आजभन्दा करिव ८ वर्षअघि उच्चशिक्षा हाँसिल गर्न लण्डन पुगेका टंक धमला पछिल्लो समय नेपाली म्युजिक भिडियोको अभिनयमा व्यस्त छन । अध्ययन सकेपछि व्यवसायीक रुपमा चार्टर एकाउण्टेन वनेका टंकले लण्डनमै करिव ६ वटा जति म्युजिक भिडियो र थुप्रै सर्ट मुभिहरुमा पनि अभिनय गरिसकेका छन ।

‘डेन्जरस गेम’ नामक अग्रेजी फिचर फिल्ममा समेत टंकको अभिनय हेर्न सकिन्छ । साथै स्विजरल्याण्डको स्विस एयरलाइन्सका लागि मोडलिङ गरेका टंकले लण्डनका केहि कमर्सियल विज्ञापनहरुमा समेत मोडलिङ गरेका छन । नेपालको पुरानो र चर्चित व्यान्ड गुल्मिगाइजको ‘ओ मोरि’ वोलको गीतमा मोडलिङ गरेपछि यो क्षेत्रमा केहि गर्न सकिन्छ भन्ने उनलाइ लागेको छ ।

राम्रो कथावस्तु पाएको खण्डमा नेपाली चलचीत्रमा पनि चाँडै अभिनय गर्ने टंकको सोच छ । यतिवेला भने टंक मुम्वइमा छन । मुम्वइको चर्चित भनिएको यात्री थियटर ग्रुपमा रंगकर्म सिकिसकेपछि भएको खुला अडिसनवाट उनि उत्कृष्ट चारमा पर्न सफल भए । अहिले टंक त्यहि यात्री थियटरसंग व्यवसायीक रुपमा काम गरिरहेका छन ।

टंकले किङडम ड्रामा स्कुल लण्डनवाट स्क्रीन एक्टिङमा डिप्लोमा सम्मको अध्ययन पनि गरेका छन । डान्समा सानैदेखि पारंगत टंकले किकवक्सिङ पनि सिकेका छन । कैलाली स्थाइ घर भएका २७ वर्षिय टंक धमाला लण्डन जानुअघि भने नेपालमा रेडियो कार्यक्रम चलाउथे । जहाँ उनको स्वरका फ्यानहरु अहिले पनि छन । लोभलाग्दो सरिरको वनावट उनको थप आकर्षण हो ।

तपाईको प्रतिक्रिया