‘लुट-२’ पनि पाईरेसीको सिकार, पुरै फिल्म फेसबुकबाट बाहिरियो

राम्रो चर्चा बटुलेको फिल्महरु पाईरेशिमा पर्ने गरेको छ । यसको ज्वलन्त उदाहरण हो । पसुपतिप्रसाद, कोहिनुर, छक्का पन्जा । अहिले यस्तै गति भएको छ लुट २ को पनि । छक्का पन्जा कै शैलीमा लुट २ पनि पाईरेशिको सिकारमा परेको छ । नोभेम्बर ७ तारिखमा ‘वाच मुभि अनलाइन’ नामक पेजबाट लुट २ सार्बजनिक भएको हो । २ पार्टमा फिल्मलाई अप्लोड गरिएको छ ।

एक पार्टमा ४८ मिनेट २८ सेकेन्डको फुटेज छ भने दोश्रो पार्टमा १ घण्टा १६ मिनेट ४८ सेकेन्डको फुटेज रहेको छ । त्यस पश्चात् अन्य पेजहरुमा पनि फिल्मका उक्त फुटेजहरु भाईरल हुन सुरु भएको छ । उक्त फुटेज ‘हाईलाईट्स नेपाल’ को वाटरमार्क सहित अप्लोड भएको छ । हाईलाईट्स नेपाल लुट २ को डिजिटल र अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार प्राप्त सस्था हो । हजारौले हेरिरहेको सो फुटेज कस्ले अप्लोड गर्यो भन्ने कुरा भने अहिले सम्म अज्ञात नै रहेको छ ।

नेपाल पछि बिदेशको प्रदर्शन समेत सकिएको सो फिल्मलाई विदेशमा प्रदर्शनको लागी पठाईएको कपी नै बाहिरिएको अनुमान लगाईए पनि फिल्म कहाँबाट र कसले ‘लिक्ड’ गर्यो त्यो भने खुलेको छैन् । अहिले नै युट्युबबाट सार्बजनिक नगर्ने सोच बनाएको हाईलाईट्स नेपालले यो काण्ड पछी छलफलको लागि लुट २ टीमलाई खबर गरेको छ ।

तपाईको प्रतिक्रिया