लुक्न नसकेको साम्राज्ञीको प्रेमजीवन (तस्विरहरू सहित)

लगातार दुई हिट चलचित्र दिएर चर्चामा आएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। ड्रिम्स चलचित्रबाट डेव्यु गरेर चर्चा कमाएकी साम्राज्ञीको उचाई ‘ए मेरो हजुर २’ संगै चुलिएको छ। लगातार हिट चलचित्रमा काम गरेर दर्शक, निर्माता तथा निर्देशकको रोजाईमा पर्न सफल शाहको नयाँ चलचित्र ‘तिमि संग’ प्रदर्शनको तयारीमा रहेको छ भने ‘इन्टु मिन्टु लन्डनमा’ को छायाँकन तयारीमा रहेकी छिन्।

बेलायतको भिषा समस्याका चलचित्रको कारण छायाँकन रोकिएको छ। अभिनेत्री शाहको चलचित्र चर्चा संगै प्रेम जीवनको चर्चा समेत हुने गरेको छ। केहि समय अगाडी बाट नै प्रेम चर्चा मिडियामा आए पनि उनि यो कुराको खण्डन गर्दै आएकी छिन्। केहि महिना अगाडी त उनले अनलाइन मिडियाको विश्वसनीयता माथी नै प्रश्न समेत उठाएकी थिइन्।

तर उनले जानी नि खण्डन गरे पनि उनको प्रेम सामाजिक संजालमा भने निकै खुल्ला रहेको छ। मयंक खड्काको प्रेममा साम्राज्ञी रहेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा दुवैको प्रेम व्यक्त भएको देख्न सकिन्छ।

केहि समय अगाडी साम्राज्ञीले आफुहरु दुवै मिल्ने साथी मात्रै भएको प्रतिक्रिया दिएकी थिइन्। मयंक क्लब डेजा भू संचालक हुन्। चलचित्र सुटिङ्ग देखि अन्य समय पनि मयंक साम्राज्ञीको साथमा हुने गर्दछन्।

\

977magबाट

तपाईको प्रतिक्रिया