लीलाको ‘चरी च्याट्ट परेर’ बजारमा आउँदै

ताप्लेजुङ  / पछिल्लो समय गीत संगीतको क्षेत्रमा निकै मेहनतका साथ प्रवेश गरेका गायक लीला सिवाकोटीको नयाँ गीत बजारमा आउने भएको छ । ‘च्याट्ट च्याट्ट च्याट्ट चरी च्याट्ट परेर’ बोलको गीत बजारमा ल्याउने तयारी भईरहेको उनले बताए । गीतकार कृष्ण उदासीको शब्द रचना, राजनराज सिवाकोटीको संगीतमा रहेको उक्त गीत अमेरिकामा रेकर्ड भईसकेको छ । नयाँ वर्षको सुरु तिर नै गीत रिलिज गर्ने तयारी छ । यो गीतको म्युजिक भिडियो समेत तयार गर्ने तयारी भएको उनले जानकारी दिए ।

यस अघि उनले स्वर भरेको गाजले गाजले तिम्रो आँखै गाजले र मखमली सयपत्री बोलको गीत निकै चर्चामा रहे । यिनै गीतहरुले बजारमा आए लगत्तै निकै चर्चा बटुले पछि र श्रोताको माग बढे पछि थप उत्साहित हुँदै नयाँ गीत रेकर्ड गराएको सिवाकोटीको भनाई छ । सुरु सुरुका गीतहरुले नै निकै चर्चा बटुलेर आफुलाई चिनाएको भन्दै सिवाकोटीले अव गीत संगीतकै क्षेत्रमा लगानी बढाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया