‘लिलिबिली’ युट्युबमा ? फिल्म अप्लोड गर्नेलाई कारबाही हुने

ईटहरी/ छायांकन अघिबाटै बहु प्रतिक्षित बनेको फिल्म लिलिबिलि यतिबेला जोडतोडका साथ देशभर प्रदर्शन भैरहेको छ । यतिबेला सम्म फिल्मले ४ करोड भन्दा बढिको व्यापार गर्न सफल गरेको छ । यता हलमा जाने केही दर्शकहरुले भने फिल्मलाई युट्युबमा सार्बजनिक गरेको पाईएको छ । टिकट काटेर हलमा पसेका दर्शकले हलमा शो भैरहेको फिल्मलाई मोबाईलमा कैद गरि युट्युबमा सार्बजनिक गरिएको पाएको फिल्मका निर्माता गोबिन्द शाहीले बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस लेख्दै ‘लिलिबिलीलाई माया गर्नु हुने सम्पूर्ण दर्शक लाई धेरै धेरै धन्यवाद तर हल बाट मोबाईल प्रयोग गरी युटुब मा अप्लोड नगरि दिन हुन बिनम्र अनुरोध गर्दछौ जस जस ले अप्लोड गर्नु भयो उहा हरु प्रहरी अपराध महासाखा मा चाडै उपस्थित गरा उने छौ! सहयोग को लागि प्रहरी अपराध महा साखा लाई धेरै धेरै धन्यवाद !!!’ भनेका छन् ।

मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्कासँगै जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । यतिबेला सम्म फिल्मले ४ करोड भन्दा बढिको व्यापार गर्न सफल गरेको छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया