लिलिबिलीको टाईटल गीत सार्बजनिक, भिडियो बनाउनुस्, १ लाख जित्नुस् (भिडियो सहित)

ईटहरी/ भ्यालेन्टाईनको अवसर पारेर प्रदिप प्रीयंका र जसिता अभिनित फिल्म ‘लिलिबिली’ को टाईटल भिडियो गीत रिलिज भएको छ । फिल्मको आगामी चैत्र ३० गतेलाई प्रदर्शन मिति तय गरिएको छ । सार्बजनिक ‘घुम्न जाउ ईन्जिन गाडिमा’ बोलको गीतको भिडियोमा प्रदिप र जसिता फिचरिङ भएका छन् ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोको गीतमा एस डि योगिको संगीत तथा स्वर रहेको छ भने एकतारेको शब्द समाबेश गरिएको छ । स्कटल्याण्डका विभिन्न रमणीय दृश्यमा छायांकन गरिएको गीतको भिडियोमा प्रदिपले जसितालाई मज्जैले फकाएका छन् । उक्त भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने सुदिप बरालले छायांकन गरेका हुन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

भिडियो सार्बजनिक संगै यसै भिडियोमा रहेर एक प्रतियोगिताको पनि आयोजना गरिएको छ । निर्माण पक्षका अनुसार सार्बजनिक गीतको भिडियोलाई कभर भिडियोको रुपमा बनाएर युट्युबमा राख्नु पर्नेछ । आफ्नै च्यानलबाट पनि सो भिडियो राख्न मिल्ने गरि गरिएको यो प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो भिडियो लिन्क लिलिबिलिको अफिसियल फेसबुक पेजमा म्यासेज गर्नुपर्ने छ । उक्त भिडियोहरु मध्य सर्बाधिक हेराईको आधारमा १ भिडियो निर्मातालाई नगद रु १ लाख पुरस्कारको ब्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया