लालबाबु पण्डित केकी अधिकारीसँग यसरी छमछमी नाचेपछि…

चर्चित एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित केकी अधिकारीसँग छमछमी नाचेका तस्विर र भिडियोहरु अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनिरहेका छन् । काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको पालामा समान्यप्रशासन मन्त्री हुँदा डिभी पिआर रद्ध गर्ने अभियान चलाएर चर्चामा आएका उनी सालिन र सादगी नेताकोरुपमा चिनिउका लालबाबु हालै विराटनगरमा नाचीहरेको अवस्थामा भेटिए । त्यो पनि नायिका केकीसँग ।

फिल्म ‘रज्जा रानी’ को टिमले प्रोमसनका लागि गरेको कार्यक्रममा उपस्थित भएका लालबाबुले नायिका अधिकारीसँग कम्मर मर्काएका हुन् । दाइजो प्रथा मुक्त अभियान सहित सत्य घटनामा आधारित रहेर बनाइएको यो फिल्मको गीतमा लालबाबु र अधिकारी नाचेका हुन् ।मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएपछि उनी थप चर्चामा छन् । निर्वाचनको नतिजा आएको केही दिनमै खर्चको विवरण सार्वजनिक गरेर उनले प्रशंशा बटुलिरहेका छन् ।

तपाईको प्रतिक्रिया