लज्जास्पद हार भोगेको अर्जेन्टिनाका फ्यान दीपकले गरे टीम चेञ्च, दीपकको रोजाईमा अब यो देश

काठमाडौं । अहिले विश्वभर नै विश्वकप फुटबलको माहोल छ । विश्वभर चर्चामा रहेको विश्वकपको चर्चा र क्रेजबाट नेपाल पनि अछुतो रहन कहाँ सक्छ र ? नेपालको खेलकुद क्षेत्रमात्र नभएर हरेक तह र तप्काका मानिसहरुले विश्वकप हेर्ने गर्छन् । यस्तैमध्येका एक हुन् हाँस्यकलाकार तथा चलचित्र निर्माता दीपराज गिरी ।

विश्वकपको बारेमा थाहा पाएदेखी र हेर्न थालेदेखि नै दीपक अर्जेन्टिनाका समर्थक हुन् । यसै बिषयमा उनले केहिबर्ष अघि हाँस्यटेलिश्रृंखला ‘तितो सत्य’ बनाउँदा पनि त्यहाँ आफुलाई अर्जेन्टिनी समर्थककै रुपमा प्रस्तुत गरेका थिए । यस्तै केहिदिन अघि पनि उनले सामाजिक संजालमा आफु अर्जेन्टिनाको फ्यान भएको भनी लेखेका थिए ।

तर गएराती अर्जेन्टिनाको खराब प्रस्तुती र लज्जास्पद हारका कारण उनले ठुला टिम नभई अब साना टीमको समर्थन गर्नको लागि सबैलाई सुझाएका छन् । सम्भावना बोकेका र ठुला टिम भनेर चिनिले देशहरुको प्रदर्शन राम्रो नभएपछि दीपकले सामाजिक संजालमा आफुले दोश्रो रोजाईको टीमको रुपमा मेक्सिकोलाई छनौट गरेको बताए । “कृपया ठुला भनिने टीमका समर्थक साथीहरु आजै दोश्रो टीम छानेर सुरक्षित रहन आग्रह गर्दछु ।” दीपकले आफ्नो फेसबुक पोस्टमा लेखेका छन् । विश्वकप फुटवल २०१८ को पहिलो खेलमा मेक्सिकोले आफ्नो पहिलो खेलमा अघिल्लो सीजनको विश्वकप बिजेता जर्मनीलाई १ गोलले पराजित गरेको थियो । इताजाबाट

Purbeli TV

तपाईको प्रतिक्रिया