रेखाले छबिको तारिफ गर्दा शिल्पाले भनिन् ‘थ्यान्क यु रेखा दि’

ईटहरी/ नायिका रेखा थापा र छवि ओझा बिच सम्बन्ध विच्छेद भएको निकै बर्ष पछि फेरि सम्बन्ध सुधार हुँदै गरेको झल्को देख्न सकिन्छ । श्रीमान श्रीमती भएर एक दशक बिताए पनि उनिहरुको डिभोर्स भएको थियो । तर हाल रेखाको फिल्म हेर्न प्रीमियरमा छवि र शिल्पा पुगेका थिए भने भर्खरै मात्र रेखाले छवि ओझालाइ फाल्गुन २५ मा रिलिज हुन लागेको फिल्म ‘मंगलम’को लागि शुभकामना दिदै फेसबूक मा स्टाटस सेयर गरेकी छिन ।

त्यति मात्र कहाँ हो र रेखाले मज्जाले नै छवि ओझाको तारिफ समेत गरेकी छन । यता त्यही स्टाटसलाई अर्कि नायिका शिल्पाले आफ्नो आईडिमा शेयर गर्दै ‘थ्यान्क यु रेखा थापा दि’ भन्दै रेखालाई मेन्सन समेत गरेकी छिन् ।

फिल्म मंगलममा पुष्प खड्का, शिल्पा पोखरेल, पृथ्वी राज प्रसाई, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्मा को अभिनय रहेको छ । साम्राज्ञी र पुष्प छविराज ओझाको ब्यानरमा पहिलो पाइला राखेका हुन् तर शिल्पा र पृथ्वीले पहिले नै गरिसकेका छन्, पुस्पले यस अघि दर्पण छाया-२ मा अभिनय गरिसकेका छन् । मंगलम बारे निर्देशक नवल नेपाल र कार्यकारी निर्माता छबिराज ओझा संग गरिएको कुराकानी ।

फिल्मलाई नवल नेपाल ले निर्देशक गरेको हुन । कार्यकारी निर्माता छबिराज ओझा हुन । गोविन्द फुयालले लेखेको फिल्मलाइ कल्पित घिमिरेले खिचेका छन । यहि २५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा मंगलम बारे नायक पुष्प खड्का र नायिका शिल्पा पोख्रेल संग गरिएको रमाईलो कुराकानी ।

फिल्ममा निर्माताको रुपमा जितेन्द्र साक्य, सकार ओझा, ओम गुरुङ रहेका छन् फिल्ममा सिल्पा पोखरेलको लगानी छ । दिपक शर्माको संगीत, गोविन्द फुयालको कथा र कविराज गहतराजको नृत्य रहेको छ ।

तपाईको प्रतिक्रिया