रीमा लागूको निधनले बलिउडमा रूवावासी

‘हम आपके हे कौन’, ‘हम साथ साथ है’जस्ता चर्चित बलिउड फिल्ममा आमाको भूमिका निभाएकी अभिनेत्री रीमा लागूको हृदयघातका कारण मृत्यु भएको छ । उनलाई छाती दुख्ने भएपछि कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । गए राति १ बजे रीमाले अन्तिम श्वास लिइन् ।

रीमाले मराठी फिल्मबाट आफ्नो करिअर थालेकी थिइन् । मराठी टेलीश्रृंखलाहरुमा उनीलाई विशेष मानिन्छ । हिन्दीमा रीमाले सलमान खानको थुप्रै फिल्ममा उनको आमाको भूमिका निभाएकी छिन् । मैंने प्यार किया, आशिकी, साजन, हम आपके है कौन, वास्तव, कुछ कुछ होता है, हम साथ साथ हैजस्ता सफल फिल्ममा आमाको भूमिका निभाएकी छिन् ।

रीमाको जन्म सन् १९५८ को २ जुनमा भएको थियो । रीमाकी आमा मंदाकिनी भदभदे पनि एक अभिनेत्री थिइन् । रीमाको विवाह मराठी अभिनेता विवेक लागूसँग भएको थियो । उनीहरुको एक छोरी छिन्, जसको नाम मृण्मयी लागू हो । मृण्मयी पनि एक अभिनेत्री हुन् । रीमाको वास्तविक नाम गुरिंदर भदभदे थियो, विवके लागूसँग विवाह गरेपछि उनले आफ्नो रीमा लागूमा परिवर्तन गरेकी थिइन् ।

रीमा बलिउडकी अभिनेत्री मात्र होइन, टेलिश्रृखलाको दुनियाँमा उनको विशेष महत्व छ । रीमाको निधनलाई लिएर टेलिभिजन अभिनेता–अभिनेत्रीहरु निक्कै दुःखी बनेका छन् । रीमाको निधनको खबर पाएपछि आँशु नथामिरहेको अभिनेत्री दिव्यांका त्रिपाठी, रागिनी खन्ना, मानसी साल्भि तथा मनिष पलले ट्विट गरेका छन् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

Loading…