रिलीज मिति सँगै चलचित्र ‘फिर्के’का २ पोस्टर सार्वजानिक

सुलेमान शंकर ‘ईकु’को प्रस्तुती रहेकाे नेपाली चलचित्र ‘फिर्के’काे पोस्टर सार्ववानिक भएका छन्। पौष १४ गतेलाई रिलीज हुने उक्त चलचित्रका दुई अाेटा पोस्टर सार्ववानिक भएको हो। अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रलाई  रवि डंगोलले निर्देशन गरेका छन् भने अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ। चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन्।

तपाईको प्रतिक्रिया