रानुले गाईन ‘आगो’, आईटम गीतमा सोनिकाको जवानी खुल्दै

ईटहरी/ युट्युबरको रुपमा सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रिया दिदै चर्चा र विवादमा आएकी सोनिका रोकाय पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा समेत निकै ब्यस्त बन्दै आइरहेकि छिन् । स्टेज शोहरुमा हट नृत्य गर्ने उनको जवानी भिडियोहरुमा पनि विभिन्न रुपमा प्रस्तुत हुन थालेको छ ।
यद्यपि उनले आफ्नो डबल अर्थी लाग्ने अन्तरबार्तालाई पनि निरन्तरता दिइरहेकी छिन् । केही दिन अघि बिसुद्ध चर्चा भन्दा पनि विवादमा मुछिएर चर्चामा आएकी हास्यकलाकार मनोज गजुरेलकि पुर्वपत्नी मिना ढकालको गीतमा समेत उनी मोडलको रुपमा सार्बजनिक भईन् ।

पहिलो पटक फरक रुपमा गुन्यु चोली लगाएर प्रस्तुत भएकी सोनिकालाई सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया बराबर आईरहेको छ । यता डिसलाईक सेलिब्रेटिको रुपमा परिचित भएकी मिना ढकालकै गीत भएको कारण पनि हुनसक्छ भिडियोले लाईकको हाराहारीमा डिसलाईक पाईरहेको छ । यता सोनिकाको अर्को भिडियो पनि सार्बजनिकको तयारिमा रहेको छ । बिशेषत हट सिनहरुको लागि माहिर सोनिकाको अब सार्बजनिक हुने भिडियो आईटम गीतमा तयार भएको छ । सो ‘आगो आगो’ बोलको आईटम गीतलाई रानु निरौलाले गाएकी छिन् ।

उनी निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको साख्य बहिनी हुन् । गीतको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन गरेका हुन् । भिडियो यहि शुक्रबार सार्बजनिक हुदैछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया