राज खड्का थाइल्यान्डको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल

पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल भएका छन ।

उनी टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्डपनि हात हात परेका छन । उनि नेपालका तर्फबाट प्रतिनिधित्व गरेर त्यसतर्फ प्रस्थान् गरेका थिए । बिजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले उक्त प्रतियोगितामा पठाउने ब्यबस्था गरेका थिए । प्रतिस्प्रधाको लागि मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले आबश्यक प्रशिक्षण उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…