राजेशपायलले तृतियालाई भने ‘पल्कियो पल्कियो..’ (भिडियो सहित)

पल्कियो पल्कियो नजर पल्कियो
थाहै नपाए झैं गर्छौ किन हो ?
गायक राजेशपायल राईले लयबद्ध रुपमा यस्तो प्रश्न गरेपछि धरानकी नवगायिका तृतिया गुरुङले पनि उस्तै लयमा जवाफ फर्काइन् ।
‘सल्कियो सल्कियो वैंश सल्कियो’

तृतियाको हालै सार्वजनिक गीत ‘पल्कियो पल्कियो..’ मा यस्तो सवाल जवाफ भएको हो । देव पुनको शब्द संगीत र अशोक लोहरुङ राईको एरेञ्ज रहेको गीतमा तृतियालाई राजेशले साथ दिएका छन् । गीतको भिडियो समेत सार्वजनिक भईसकेको छ । सोनम पाख्रिनले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र एलिसा राईको अभिनय गरेका छन् । सार्वजनिक भए लगत्तै गीत र भिडियोको राम्रो प्रतिक्रिया पाएकी तृतिया दंग छिन् । भन्छिन् ‘गायनमा आउने पहिलादेखिको सपना साकार हुँदैछ । अझै संगीत क्षेत्रमा धेरै सिकेर सफल गायिका बन्न चाहान्छु ।’

धरानकी तृतिया केही समय बेलायत बसेर फर्किएपछि काठमाडौंमा संगीत अध्ययन गरिरहेकी छिन् । सुरुमा प्रकाश गुरुङ, चण्डी काफ्ले लगायतका गुरुसँग संगीत सिकेकी उनी हाल पद्मकन्या क्याम्पसमा धनबहादुर गोपालीसँग बिम्युज अध्ययन गरिरहेकी छिन् । सानैदेखि नृत्य र गायनमा रुचि राख्ने तृतिया आफ्नै देशका संगीतकर्म गरेर परिचय बनाउन चाहान्छिन् । उनि भन्छिन् ‘सुरुमै स्रोता दर्शकको साथ राम्रोसँग पाएकी छु, सँधै यस्तै माया गरिदिनुहुन्छ भन्ने आशा छ ।’
भिडियो

तपाईको प्रतिक्रिया