राउडीजम् को टिकटक फिनाले सम्पन्न , भुमीराज भए विजेता

इटहरी / मोरङको सुन्दरहरैँचा स्थित खोर्सानेमा प्रधान कार्यालय रहेकोे राउडीजम् इन्टरटेन्मेन्ट हाउसले अन्तत: टिकटक भिडीयो प्रतियोगिता सम्पन्न गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई पालना गर्दै कुनै पनि किसिमको स्टेज कार्यक्रम नगरी फेसबुक लाईभ आएर प्रतियोगिताको नतिजा सुनाईएकोे थियो ।

गत असार १८ गते देखि सञ्चालन गरिएको उक्त प्रतियोगितामा ३५ जना सहभागी थिए भने रियाक्ट, सेयर तथा भियुजको आधार सबैभन्दा धेरै अंक ल्याएर इलामका भुमिराज लिम्बुु विजेता बने ।

त्यस्तै इटहरी सुनसरीकी तारा रायामाझी दोस्रोे, विराटचौक मोरङ्गकी स्मृति घिमिरे तेस्रो तथा मोरङ्ग उर्लाबारीकी कमला लामिछाने चौँथो हुन सफल भईन ।
विजेताले नगद रू ७०००, ५०००, ३००० तथा १००० क्रमशः प्राप्त गरे साथै फोटो सहितको प्रमाणपत्र पनि इमेल गरेर पठाईयो ।

प्रतियोगतामा मानवी दाहाल, श्रीजा दुलाल, बिनिता कट्टेल, लेनिन महतरा क्षेत्री, अनिस भट्टराई, रवि थपलिया, संजिव श्रेष्ठ, अंकिता सापकोटा, रितु राउत लगायत ३५ जनाको सहभागिता थियो । राउडीजम् ले हाल उदयीमान गायक मदन आईडुको शब्द, संगित तथा स्वरमा रहेको गर्मी भो साथी गर्मी भन्ने गीतमा टिकटक प्रतियोगीता सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया