रहेनन चर्चित हाँस्य अभिनेता रजाक खान

Rajjakबलिउडका चर्चित हास्य अभिनेता रज्जाक खानको बुधबार निधन भएको छ । थुप्रै बलिउड सिनेमामा काम गरेका रज्जाकको बुधबार बिहान १२ बजेर ३० मिनेटजाँदा हृदयघात भई मुत्यु भएको हो । मुम्बईको बान्द्रास्थित एक अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो ।

उनको निधनमा बलिउड इण्डस्ट्री शोकमा डुबेको छ । थुप्रै कलाकारले शोक व्यक्त गरेका छन् ।बलिउडका चल्तीका हास्य कलाकारहरूको सूचीमा अग्रस्थानमै रहेका रज्जाकले १९९३ मा फिल्म ‘रूप की रानी, चोरों का राजा’ बाट आफ्नो सिने क्यारियर  सुरु गरेका थिए ।

रज्जाक शाहरूख खान स्टार ‘बादशाह’, सलमान खान स्टार ‘हेलो ब्रदर’ तथा गोविन्दा अभिनित ‘आखियो से गोली मारे’ लगायतका फिल्मखेले पश्चात निकै नै चर्चामा आएका थिए ।उनले बलिउडमा ९० भन्दा बढी सिनेमामा अभिनय  गरेका छन् । नेपालपार्टीबाट

तपाईको प्रतिक्रिया