रवि लामिछाने र निकिता पौड्याल बीच कानुनी बिवाह, बैशाखमा परम्परागत लगन गाठो कस्दै

ईटहरी/ चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछाने अर्को बिवाह बन्धनमा बाधिएका छन् । नेपाल चलचित्र बिकास बोर्ड का अध्यक्ष निकिता पौड्याल संग कानुनी रुपमा बिवाह बन्धनमा बाधिएको हो । रविले आफ्नो सामाजिक संजालमा आफ्नो र निकिता सहितको फोटो राख्दै यो कुराको खुलाशा गरेका हुन् । यी २ बिचको बिवाह हुने चर्चा रविको पुर्व पत्नीले आरोप लगाउदा देखि नै चलेको थियो तर यो हल्लाको रुपमा रहे पनि हाल भने सत्य साबित भएको छ ।

निकिता र रविले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका गरेका छन् भने परम्परागत रुपमा यी २ ले आउदो बैशाखमा बिवाह गर्ने कुराको खुलासा गर्दै रविले यस्तो स्टाटस लेखेका छन् । “ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद।

परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।” हाम्रो तर्फबाट दुबैलाई हार्दिक सुभकामना ।

Purbeli TV

तपाईको प्रतिक्रिया